आरुघाटबाट सिर्दिबासको जगततर्फ जादैं गरेका पर्यटक मंगलबार उहिया गाविस-३ को खोर्लाबेशी स्थित गनाउने भिरबाट बुढीगण्डकी नदीमा बेपत्ता भएका छन् ।
मनासलु पदमार्ग हुदैँ उत्तरी गोरखा तर्फ जाँदै गरेका फ्रान्सेली पर्यटक ६७ वर्षीय इमिली अलानिन बाटोबाट चिप्लेर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यति एडभेञ्चरबाट त्यस क्षेत्रमा गएका १० बिदेशी पर्यटकमध्ये उनी दुर्घटनामा परेको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । साँघुरो र भिरालो बाटोमा पानी परेको कारण पर्यटक चिप्लेर लडेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनापछि माछिखोला प्रहरी चौकीले बेपत्ता पर्यटकको खोजी सुरु गरेको श्रेष्ठले बताए । 'बुढीगण्डकी नदी आसपासका अन्य प्रहरी चौकीलाई पनि खबर गरेर खोजी सुरु गरेका छौं', उनले भने । यसअघि पनि मनास्लु पदमार्गमा पर्यटकहरु लडेर नदीमा खस्ने गरेका थिए ।
dgf;'n'' Go"h 86 sd